कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, साउनदेखि लागू हुने

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब सालखाल २१ प्रतिशतले वृद्धि गरिएको जानकारी दिए।
चार वर्षदेखि तलब वृद्धि हुन नसकेको अवस्थामा आगामी साउन १ गतेदेखि लागू हुने गरी तलब वृद्धि गरिएको हो। सरकारले महँगी भत्ता भने यथावत राखेको छ। अर्थमन्त्री वाग्लेले तलब १० प्रतिशत मात्रै वृद्धि हुँदा प्रोत्साहनामा आधारित बजेटलाई विशेष प्राथमिकता दिएको बताए।
वृद्धिपछि कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथि हुने अर्थमन्त्री वाग्लेको दाबी छ। लामो समयपछि भएको यो तलब वृद्धिले कर्मचारीको मनोबल बढ्ने र सेवा प्रवाह प्रभावकारी हुने सरकारको अपेक्षा रहेको छ





