१२ असार २०८३, शुक्रबार

पर्यटन भिसामा व्यापार गर्दै गरेका दुई चिनियाँ नागरिक पक्राउ

नवलपरासी पूर्व । पर्यटन भिसामा नेपाल आएर व्यापार गरिरहेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार देवचुली नगरपालिका–३ दलदलेबाट चेन जिन्क्वयन र ई लिहुवालाई शुक्रबार पक्राउ गरिएको हो।

उनीहरूले दलदले क्षेत्रमा छालाजस्तो देखिने ज्याकेट बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू पर्यटक भिसामा नेपाल आएर व्यावसायिक गतिविधिमा संलग्न भएको पाइएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button