१२ असार २०८३, शुक्रबार

रास्वपाको दुई तिहाइ नजिकको सिटलाई ‘सुनामी’ को संज्ञा दिँदै पूर्वप्रधानमन्त्री नेपालले उठाए निर्वाचन परिणाममाथि प्रश्न

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामप्रति आशङ्का व्यक्त गरेका छन्। शनिबार काठमाडौँमा अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुई तिहाइ नजिकको सिट सङ्ख्यालाई ‘सुनामी’ को सङ्ज्ञा दिए। यसको पछाडिका कारणहरू अहिले खोजी भइरहेको उनको भनाइ छ।

निर्वाचनमा सेना, सरकार र निर्वाचन आयोगको भूमिकाका साथै मतपत्रको अवस्थाका विषयमा प्रश्नहरू उठिरहेको उनले बताए। ‘यो एउटा सुनामी आयो। यो सुनामी मात्रै हो यो। यसका पछाडिका पनि कारणहरूको खोजी भइरहेको छ। बेला–बखतमा सुन्ने गर्छौं, पोल खोलिदिन्छु भन्दैछन् त्यहीँभित्रका मान्छेले। के–के हो? सेनाको भूमिका कस्तो रह्यो? सरकारको भूमिका कस्तो रह्यो? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो? मतपत्रको अवस्था कस्तो रह्यो? यी सबै कुराहरू पनि एक न एक दिन खुल्दै जाने पनि छ,’ पूर्वप्रधानमन्त्री नेपालले भने। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा २७५ सदस्यीय संसद्मा १८२ सिटसहित स्पष्ट बहुमतको सरकार बनाउन सफल भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button