२१ जेष्ठ २०८३, बिहीबार

नेपालगञ्ज स्तरीय कविता प्रतियोगितामा दर्शना चन्द र क्षितिज खड्का प्रथम

नेपालगञ्ज। भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा शनिबार सम्पन्न नेपालगञ्ज स्तरीय अन्तर माध्यमिक विद्यालय ‘कविता लेखन तथा वाचन’ प्रतियोगितामा छात्रातर्फ शान्ति विद्या निकेतन नेपालगञ्ज–१ धम्बोझीकी दर्शना चन्द प्रथम भएकी छन्। मङ्गलप्रसाद मावि नेपालगञ्ज–१३ की रेशमा बुढाले द्वितीय र महेन्द्र मावि नेपालगञ्ज–७ रानीतलाउकी कल्पनाकुमारी विकले तृतीय स्थान प्राप्त गरे।

यसैगरी, छात्रतर्फ वेस्टजोन इन्टरनेशनल सेकेन्डरी स्कुल नेपालगञ्ज–९ का क्षितिज खड्का प्रथम, धम्बोझी नमूना मावि नेपालगञ्ज–१ का उपेन्द्र शाही द्वितीय र नेपालगञ्ज मोडेल एकेडेमी नेपालगञ्ज–१८ कारकाँदौका आयुष ढकाल तृतीय भएका छन्।

भेरी साहित्य समाजले विजेता विद्यार्थी तथा विद्यालयहरूका साथै सहभागी सम्पूर्ण विद्यार्थी र विद्यालयलाई हार्दिक बधाई ज्ञापन गरेको छ। कार्यक्रमको शोभा बढाउन उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहयोगी निकाय वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजालप्रति समाजले विशेष धन्यवादसहित आभार प्रकट गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button