२२ जेष्ठ २०८३, शुक्रबार

सर्ट सर्किटले ढोका उद्योग खरानी, करोडौंको क्षति

नेपालगञ्ज – नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा रहेको एभरेष्ट प्लाइ ढोका उद्योगमा विद्युत् सर्ट भई लागेको आगोले करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ।

उद्योग सञ्चालक प्रकाश रानाका अनुसार शुक्रबार दिउँसो एक्कासि लागेको आगोले उद्योगभित्र रहेका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी अवस्थाका ढोका जलेर पूर्णरूपमा खरानी भएका छन्। क्षतिको प्रारम्भिक अनुमान पाँच करोड रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले शुक्रबार दिउँसोदेखि सुरु भएको आगो शनिबार मात्र पूर्ण नियन्त्रणमा आएको जानकारी दिए। बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक अनुमानमा विद्युत् सर्ट सर्किटलाई आगलागीको कारण मानिए पनि प्रहरीले घटनाको यकिन कारण र विस्तृत क्षतिको विवरण सङ्कलनको काम भइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button