१२ असार २०८३, शुक्रबार

रास्वपा विराटनगर सभापतिमा कृष्ण निरौला निर्वाचित

विराटनगर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विराटनगर महानगरपालिकाको सभापतिमा कृष्ण निरौला निर्वाचित भएका छन्। शनिबार सम्पन्न प्रथम अधिवेशनबाट निरौलाले २०८ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्। कुल २९० मत खसेको निर्वाचनमा उनका प्रतिस्पर्धी सौरभ कोइरालाले ४१ र चित्रप्रसाद ढुंगेलले ३४ मत पाए।

यसअघि महानगर तदर्थ समिति संयोजक रहेका निरौला विराटनगर–१ का हुन्। उपसभापतिमा विराटनगर–८ की निर्मला बुढाथोकी गिरी १२६ मत ल्याएर निर्वाचित भइन्। उनका प्रतिस्पर्धी मनोज साह (७२), सविना खत्री (४६) र मन्दिराकुमारी पराजुली (३९) ले मत पाए।

सचिवमा विराटनगर–३ का अमरकुमार कटुवाल २२० मतसहित विजयी हुँदा रुस्तमले ५९ मत पाए। सहसचिवमा विराटनगर–४ का विष्णु निरौला (आकाश) १९१ मत ल्याएर निर्वाचित भए। महानगर समितिमा १९ सदस्य रहनेछन् भने कोषाध्यक्ष भने मनोनित हुने व्यवस्था रहेको छ। नवनिर्वाचित समितिको कार्यकाल पाँच वर्षको हुने जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button