१२ असार २०८३, शुक्रबार

२१० दिनको अन्तरिक्ष बसाइपछि स्वदेश फर्किए तीन चिनियाँ अन्तरिक्षयात्री

बेइजिङ – २१० दिन लामो अन्तरिक्ष बसाइ सफलतापूर्वक पूरा गरी तीन चिनियाँ अन्तरिक्षयात्री स्वदेश फर्किएका छन्। शेन्झाउ–२१ अभियानका चालक दल सदस्य झाङ लु, वु फेई र झाङ होङझाङ शनिबार बेइजिङ आइपुगेका हुन्।

चीन मानवयुक्त अन्तरिक्ष निकाय (सीएमएसए) का अनुसार तीनै अन्तरिक्षयात्री शुक्रबार साँझ शेन्झाउ–२२ यानमार्फत पृथ्वीमा सकुशल अवतरण गरेका थिए। उनीहरू सबैको स्वास्थ्य अवस्था राम्रो रहेको र शेन्झाउ–२१ अन्तरिक्ष अभियान पूर्ण सफल भएको निकायले जनाएको छ।

अन्तरिक्षयात्रीहरू अब चिकित्सकीय क्वारेन्टाइनमा रहने र उक्त अवधिपश्चात् व्यापक स्वास्थ्य परीक्षणपछि मात्र सञ्चारमाध्यमसँग कुराकानी गर्ने सीएमएसएले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button