१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री बाहिरिएपछि समय माग्ने विपक्षीप्रति रास्वपा सांसद तामाङ आक्रोशित, हात समाएर बाहिर लगियाे

काठमाडौँ। विपक्षी दलका सांसदहरूले बोल्नका लागि समय माग गर्दै सभामुखसँग सवालजवाफ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित भएकी छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सबै दलका एक–एक जना सांसदले सोधेका प्रश्नको जवाफ दिएका थिए। जवाफ दिएलगत्तै प्रधानमन्त्री बाहिरिएपछि एमालेका प्रमुख सचेतक ऐन महर, श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईलगायतले हात उठाएर समय माग गरेका थिए। समय माग्दा नदिइएपछि महर र सभामुख डोलप्रसाद अर्यालबीच केहीबेर प्रश्नोत्तर चलेको थियो।

सोही क्रममा सांसद तामाङ विपक्षी सांसदहरूप्रति आक्रोशित भएकी थिइन्। उनले विपक्षी सांसदहरूलाई लक्षित गर्दै आक्रोश व्यक्त गरेपछि रास्वपाकै अन्य सांसदहरूले उनलाई बस्न आग्रह गरेका थिए। तर, उनी नमानेपछि सहकर्मी सांसदहरूले नै उनको हात समाएर सदनबाट बाहिर लगेका थिए। यो घटनाले सत्तापक्ष र विपक्षबीचको तनावलाई थप उजागर गरेको छ। आइतबारको बैठकमा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर सुरुदेखि नै सदनमा विवाद रहेको थियो। प्रधानमन्त्रीले प्रश्नको जवाफ दिएर बाहिरिएलगत्तै विपक्षी दलहरूले थप जवाफको माग गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button