१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीका जवाफले नेतृत्वको तयारी र जिम्मेवारीबोधमाथि गम्भीर प्रश्न उठाएको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले विपक्षी सांसदहरूको निरन्तर दबाबपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज सदनमा दिएका जवाफहरूले नेतृत्वको तयारी, विषयगत अध्ययन, निर्णय क्षमता र जिम्मेवारीबोधमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीका सात बुँदागत जवाफप्रति लक्षित गर्दै सचिव बस्नेतले भनेका छन्, ‘विद्युतीय चुलोबाट खाना पकाउँदा ट्रान्सफर्मर र सबस्टेसनले धान्दैन, ट्रान्सफर्मर पड्किन्छ भन्ने टिप्पणी गरेर प्रधानमन्त्रीले आफ्नो प्राविधिक बुझाइको स्तर देखाउनुभएको छ।’

यस्तै, देशभरका किसानको अन्नबाली बाँदरले क्षति पुर्याइरहेको बेला बाँदर नियन्त्रणका विषयमा अहिले पनि अध्ययन मात्र भइरहेको जवाफ दिनु, सुकुम्बासी बस्तीमा डोजर लगाएर संरचना भत्काइसकेपछि ‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौं’ भन्ने प्रतिक्रिया दिनु, सहकारी ठगीमा फरार रहेका जीबी राईबारे सदनमा मौनता देखाउनु, विदेशमा रहेका नेपालीको मताधिकारबारे फेरि अध्ययनकै कुरा गरेर विषय टार्नु, मानव अधिकार आयोगको प्रतिवेदन प्राप्त नभएको गैरजिम्मेवार जवाफ दिनु, र नेपालले पनि भारतको धेरै भूमि मिचेको जस्ता अभिव्यक्तिले राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतालाई प्राणभन्दा प्यारो ठान्ने नेपालीलाई अपमानित गरेको उनको भनाइ छ।

सचिव बस्नेतले भनेका छन्, ‘देश चलाउने जिम्मेवारी केवल सामाजिक सञ्जालमा प्रतिक्रिया दिने विषय होइन। स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित निर्णय, जवाफदेहिता र कार्यान्वयन क्षमता पनि आवश्यक हुन्छ। जनताले अब बहाना होइन, समाधान र परिणाम खोजिरहेका छन्।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button