११ असार २०८३, बिहीबार

नाइकेको विवादले बाँकेको नौबस्ता कारागार तनावग्रस्त, एक दर्जन कैदीबन्दी सरुवाको तयारी

बाँके । नौबस्ता कारागारमा नाइकेको व्यवहारलाई लिएर दुई समूहबीच विवाद भएको छ। गएरातिदेखि सुरु भएको विवादले कारागार तनावग्रस्त बनेको हो।

प्राप्त जानकारीअनुसार केही कैदीबन्दीलाई बी ब्लकबाट डी ब्लकमा सारेपछि विवाद सुरु भएको थियो। कारागारमा नाइके शक्तिशाली हुन्छन् र उसको भित्र खटनपटन हुन्छ। नाइकेले आफ्नो मान्छेलाई च्याप्ने र मन नपरेकोलाई दमन गर्ने गरेको एक पक्षको आरोप छ। नाइकेको छनोट साउनमा हुने भएकाले एक समूहले आफ्नो मान्छेलाई नाइके बनाउन विवाद सुरु गरेको अर्को पक्षको भनाइ छ।

विवाद बढेपछि दुई समूहका कैदीबन्दी ढोका थुनेर बसेका छन्। भित्र ठूलो झडप हुन नदिन बिहानदेखि नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी र दुई जना एसपी दिनभरि नौबस्तामा खटिएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्रीले ताला फोडेर विवाद गर्नेलाई बाहिर निकालेको बताए। ‘प्रहरी भित्र जाँदा प्रतिकार नभएपछि झडप भएन,’ उनले भने। उनले एक दर्जन कैदीबन्दीलाई अन्य कारागारमा सरुवा गर्ने तयारी भइरहेको र त्यसका लागि विभागबाट अनुमति लिइसकिएको जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button