११ असार २०८३, बिहीबार

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति ‘खतरनाक’ भन्दै झलनाथ खनालको कडा आपत्ति

पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी संसद्मा दिएको अभिव्यक्तिलाई ‘खतरनाक’, ‘गलत’ र ‘राष्ट्रविरोधी’ भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिप्रति खनालले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन्।

खनालले नेपाली जनता विदेशी अतिक्रमणविरुद्ध निरन्तर संघर्षरत रहेको स्मरण गराउँदै त्यस्ता अभिव्यक्तिले राष्ट्रिय हित र स्वाभिमानलाई कमजोर बनाउने बताएका छन्। उनले प्रधानमन्त्रीसँग प्रश्न गरेका छन्, ‘उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिनुभयो?’

शाहको अभिव्यक्तिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको देशभक्तिपूर्ण भावनामाथि चोट पुर्याएको खनालको दाबी छ। राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा रहन नसुहाउने भन्दै उनले प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखसमक्ष आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button