११ असार २०८३, बिहीबार

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिविरुद्ध विपक्षीको कडा अडान, आज संसद्मा प्रतिवाद गर्ने तयारी

प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरूले संसद् बैठकमा कडा प्रतिवाद गर्ने भएका छन्।

हिजोको बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनी अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि यसको व्यापक विरोध भइरहेको छ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई राष्ट्रविरोधी भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाएर प्रधानमन्त्रीले संसद्सँग माफी नमागेसम्म बैठक चल्न नदिने अडान लिएका छन्।

यसअघि पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनालले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘खतरनाक’, ‘गलत’ र ‘राष्ट्रविरोधी’ भन्दै सार्वजनिक माफी माग्नुपर्ने बताइसकेका छन्।

संसद् सचिवालयका अनुसार आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। विपक्षी दलहरूको आपत्तिपछि बैठकमा सीमा अभिव्यक्तिको विषय प्रमुख रूपमा उठ्ने सम्भावना रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button