९ असार २०८३, मंगलवार

चीन भ्रमण सहज बनाउन हिमालयन बैंकले ल्यायो युनियन पे कार्ड

हिमालयन बैंक लिमिटेडले नेपालमै पहिलो पटक चीनमा प्रयोग गर्न मिल्ने युनियन पे कार्ड सञ्चालनमा ल्याएको छ।

चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियन पे इन्टरनेसनलसँग सहकार्य गर्दै बैंकले नेपाली ग्राहकका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउन उक्त कार्ड सेवा सुरु गरेको हो।

एक विशेष कार्यक्रमबीच हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र युनियन पे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ बेइले संयुक्त रूपमा नेपालमा पहिलो पटक उक्त कार्ड सेवाको शुभारम्भ गरे।

बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाका अनुसार यस कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले चीन भ्रमणका क्रममा त्यहाँका एटिएम, पिओएस मेसिन, क्यूआर कोड तथा इकमर्श प्लेटफर्ममार्फत सहज रूपमा कारोबार गर्न सक्नेछन्।

यो सेवाले नेपाल र चीनबीचको पर्यटन प्रवर्द्धनका साथै आर्थिक कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। युनियन पे कार्ड चीनमा व्यापक रूपमा स्वीकार्य भएकाले नेपाली नागरिकलाई भ्रमणका क्रममा भुक्तानीको अतिरिक्त सुविधा प्राप्त हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button