९ असार २०८३, मंगलवार

प्रतिनिधिसभा नियमावलीविरुद्ध विपक्षी दल सर्वोच्च जाने, नियम २५९ खारेजीको माग

काठमाडौं । विरोधकाबीच पारित गरिएको प्रतिनिधिसभा नियमावलीविरुद्ध विपक्षी दलहरू सर्वोच्च अदालत जाने भएका छन्। सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै अदालत जाने निर्णय गरेको हो।

प्रतिनिधिसभाका सदस्यहरूलाई विशेष अधिकार दिने गरी नियमावलीको नियम २५९ मा गरिएको व्यवस्थाप्रति विपक्षी दलहरूको मुख्य असहमति छ। उक्त विषयमा तीव्र असहमति रहे पनि आइतबार सभामुख डोलप्रसाद अर्यालले विरोधकाबीच संसद्बाट नियमावली पारित गराएका थिए।

संसदीय अभ्यासअनुसार सदनलाई नियमन र व्यवस्थित गर्ने नियमावली सर्वसम्मतिमा पारित गरिन्छ। नियमावलीको विषयवस्तुमा सहमति हुन नसकेमा पनि प्रक्रियागत रूपमा सर्वसहमति खोजिने परम्परा रहँदै आएको छ। तर, सभामुख अर्यालले उक्त अभ्यास तोड्दै चर्को विरोधका बीच नियमावली पारित गरेका थिए। सोही विषयलाई लिएर विपक्षी दलहरूले सर्वोच्च अदालतमा चुनौती दिने निर्णय गरेका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button