९ असार २०८३, मंगलवार

प्रधानमन्त्रीको पुत्ला दहनसहित त्रिचन्द्र क्याम्पसमा राँके जुलुस

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिको विरोधमा त्रिचन्द्र क्याम्पस परिसरमा सोमबार राँके जुलुससहित पुत्ला दहन गरिएको छ। नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइ कमिटीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले टाउकोमा कालो रिबन बाँधेर प्रदर्शन गरेका थिए।

नेपाल तरुण दलका केन्द्रीय सदस्य दिलबहादुर लामाको नेतृत्वमा निस्किएको मसाल जुलुसमा नेविसंघ अध्यक्ष अमृत शाही, थापाथली इन्जिनियरिङ क्याम्पसका पूर्व स्ववियु सभापति पुष्कर विक्रम शाहलगायत विभिन्न पदाधिकारीको सहभागिता रहेको थियो। सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै पुत्ला दहन गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button