२२ जेष्ठ २०८३, शुक्रबार

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिपछि संसद बैठक जेठ २५ सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद्मा विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले उक्त अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर मंगलबारको बैठक प्रारम्भ भएलगत्तै विपक्षी सांसदहरू वेल घेराउमा उत्रिए । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने माग राखेका थिए ।

लगातारको विरोध र अवरोधपछि सभामुख डीपी अर्यालले बैठक ६ दिनका लागि स्थगित गरेको जानकारी गराए । अब प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बस्नेछ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button