२२ जेष्ठ २०८३, शुक्रबार

विपक्षी दल एमालेद्वारा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री शाहले नियतवश नै नेपालले पनि भारतको धेरै ठाउँ मिचेको भनी अभिव्यक्ति दिएको भए त्यो गम्भीर विषय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताए ।

सांसद ठगुन्नाले उक्त अभिव्यक्ति भूलवश भएको भए क्षमायाचना मागेर अघि बढ्न पनि प्रधानमन्त्री शाहलाई आग्रह गरे । ठगुन्नाले भने, ‘हाम्रो देशको सर्वोच्च कार्यकारी प्रमुखले, त्यो पनि यो सार्वभौम संसद्मा बोलेको कुरा यहाँ सबैलाई थाहा भएको विषय हो । यो गम्भीर आपत्तिजनक विषय हो । देशहितविपरीत छ । सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउने विषय छ । यदि यो भूलवश, अन्जानमा जिब्रो चिप्लिएर भएको हो भने यसलाई धेरै लामो लैजानु हुँदैन । यसले देशलाई ठूलो क्षति पुर्याइरहेको छ । यदि नियतवश यस्तो कुरा गर्नुभएको हो भने यो गम्भीर आपत्तिजनक विषय हो । यो विषयमा उहाँले राजीनामा गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।’ सांसद ठगुन्नाले प्रधानमन्त्रीले जनताको अगाडि गल्ती भए स्विकार गर्दै अघि बढ्नु सबैभन्दा उपयुक्त हुने धारणा राखे ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button