२२ जेष्ठ २०८३, शुक्रबार

विवादपछि रास्वपाले आन्तरिक निर्वाचन प्रक्रिया तत्काल स्थगित गर्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले आन्तरिक निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगन गरेको छ। आयोगका प्रमुख भुवन केसीको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार बागमती र मधेस प्रदेशका केही जिल्लामा निर्वाचनसम्बन्धी विवाद तथा उजुरीहरू आएपछि छानबिनबाट अन्तिम निर्णय नहुँदासम्म जारी तथा प्रस्तावित सबै अधिवेशन प्रक्रिया रोकिएको हो।

निर्णयअनुसार बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका तथा अन्य विवादित स्थानीय तह र वडामा निर्वाचन प्रक्रिया स्थगन गरिएको छ। त्यसैगरी, मधेस प्रदेशका सप्तरी, सिराहा, महोत्तरी, धनुषा र सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा चलिरहेका वा हुने भनिएका वडा, पालिका तथा जिल्ला अधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पनि रोकिएको आयोगले जनाएको छ।

आयोगले जेठ १७ गतेसम्म सम्पन्न भएका प्रक्रियाबाहेक अन्य सबै निर्वाचन गतिविधि अर्को निर्णय नआएसम्मका लागि स्थगन गर्न निर्देशन दिएको छ। निर्देशनविपरीत कुनै प्रक्रिया अघि बढाइएमा त्यसलाई आधिकारिक मान्यता नदिइने चेतावनी पनि दिइएको छ। आयोगले निर्वाचन प्रक्रियालाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउन सबै तहका जिम्मेवार पदाधिकारीहरूलाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button