२२ जेष्ठ २०८३, शुक्रबार

रास्वपा सभापति लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेट गर्ने

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्। लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार मङ्गलबार भारतीय गृहमन्त्री शाहसँग भेटघाट तय भएको हो।

रास्वपा सभापति लामिछाने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली पुगेका हुन्। मङ्गलबार नै लामिछानेले भाजपा मुख्यालयमा अध्यक्ष नवीनलगायत शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए। भाजपा मुख्यालयमा लामिछानेसहितको टोलीलाई भव्य स्वागत गरिएको थियो।

गृहमन्त्री शाहसँगको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button