नेपाल-चीन सहकार्यलाई नयाँ उचाइमा पुर्याउने सहमति

नेपाल र चीनबीचका सहकार्य कार्यक्रम तथा आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन दुवै पक्ष सहमत भएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालमा सञ्चालित नेपाल-चीन सहकार्य कार्यक्रम तथा आयोजना कार्यान्वयन सहजीकरण संयन्त्रको तेस्रो बैठकको सह-अध्यक्षता गर्न पाउँदा आफू प्रसन्न रहेको चिनियाँ पक्षले जनाएको छ।

बैठकमा दुई देशबीचका महत्त्वपूर्ण सहकार्य कार्यक्रम र आयोजनाहरूबारे छलफल भएको थियो। दुवै पक्षले आफ्ना शीर्ष नेतृत्वबीच भएका महत्त्वपूर्ण साझा सहमतिहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपाल-चीन सहकार्यलाई नयाँ उचाइमा पुर्याउने सहमति गरेका छन्।





