२२ जेष्ठ २०८३, शुक्रबार

रवि लामिछानेले भारतीय विदेशमन्त्री जयशंकरसँग गरे भेटवार्ता

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा सभापति लामिछानेसँगको भेटबारे जानकारी दिँदै दुई पक्षबीच विकास साझेदारी र नागरिक-नागरिक सम्बन्धका विषयमा छलफल भएको उल्लेख गरेका छन्।

सोमबार नयाँदिल्ली पुगेका लामिछाने मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त छन्। मंगलबार नै उनले भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा पुगेर भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंहलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव अविनाश आचार्य सहभागी छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button