२३ भाद्र २०८३, मंगलवार

ओलीले भोलि राष्ट्रिय कार्यशालाको उद्घाटन गर्ने

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बिहान पार्टी केन्द्रीय संगठन विभागले आयोजना गर्न लागेको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्ने भएका छन्।

दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन भोलि बिहान ११ बजे माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा हुने जनाइएको छ। ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक उक्त कार्यशाला पार्टीको सांगठनिक सुदृढीकरणका लागि आयोजना गर्न लागिएको बताइएको छ।

कार्यशालामा देशभरका पार्टी नेताहरूको सहभागिता रहनेछ। सदस्यता नवीकरण र विस्तारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति तथा कार्ययोजनाबारे कार्यशालामा गहन छलफल हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button