भारतीय सेनाका उच्च अधिकृत नेपाल भ्रमणमा

काठमाडौँ। भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सञ्जीव चौहान नेपालको औपचारिक भ्रमणमा आएका छन्।



एभीएसएम र वाईएसएम पदकबाट विभूषित लेफ्टिनेन्ट जनरल चौहान स्ट्राटेजिक फोर्स कमाण्डका उपप्रमुख कमाण्डर, गोर्खा ब्रिगेडका अध्यक्ष तथा पहिलो गोर्खा राइफल्सका कर्नेल समेत हुन्।
भ्रमणका क्रममा उनले काठमाडौँस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूतसँग शिष्टाचार भेट गरे। साथै उनले राजदूतावासको रक्षा शाखाको समेत भ्रमण गरेका थिए।
यसका अतिरिक्त उनले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिकहरूसँग अन्तरक्रिया गरेको जनाइएको छ। उक्त भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध र मित्रतालाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।





