२२ जेष्ठ २०८३, शुक्रबार

रूसको अध्यक्षतामा सीएसटीओ सदस्य राष्ट्रका उपविदेशमन्त्रीस्तरीय परामर्श मस्कोमा सम्पन्न

मस्को । रूसी संघका उपविदेशमन्त्री ए.ए. पान्किनको अध्यक्षतामा जुन १ का दिन मस्कोमा सामूहिक सुरक्षा सन्धि सङ्गठन (सीएसटीओ) का सदस्य राष्ट्रका उपविदेशमन्त्रीहरूको परामर्श बैठक सम्पन्न भएको छ। चालु वर्ष रूसी संघले सङ्गठनको अध्यक्षता गरिरहेको छ।

बैठकमा आगामी जुन १० का दिन काजानमा हुन गइरहेको सङ्गठनको विदेशमन्त्रीस्तरीय परिषद् बैठकको तयारीबारे छलफल गरियो। पक्षहरूले मन्त्रीस्तरमा पारित गर्नका लागि प्रस्तावित संयुक्त दस्तावेजका मस्यौदाहरूको समीक्षा गरे, जसमा समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा केही राजनीतिक वक्तव्यहरू समेत समावेश छन्।

सीएसटीओ सचिवालयको गतिविधिको प्रभावकारिता अभिवृद्धि गर्ने र यसका कर्मचारीहरूको कार्य अवस्थामा सुधार ल्याउने उपायहरूबारे सारगर्भित विचार आदानप्रदान भयो। सन् २०२५ को सीएसटीओ सामूहिक सुरक्षा परिषद्को निर्णय कार्यान्वयनको सन्दर्भमा सूचनात्मक–विश्लेषणात्मक कार्यलाई सुदृढ गर्नेसम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल भयो।

परामर्शका क्रममा सहभागीहरूले सीएसटीओको बाह्य गतिविधि विस्तारको विषयलाई पनि छुट्टै रूपमा उठाए। क्षेत्रीय सुरक्षा सुनिश्चितताका विभिन्न पक्षमा स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) र साङ्घाई सहयोग सङ्गठन (एससीओ) सँगको सहकार्य विकासको ‘मार्गचित्र’ कार्यान्वयनमा सङ्गठनको सचिवालयले गरेको प्रयासको प्रशंसा गरियो। साथै, पर्यवेक्षक तथा साझेदार राष्ट्रको हैसियतले इच्छुक राष्ट्र र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँगको सहकार्यको सम्भावनाबारे पनि चर्चा गरियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button