२२ जेष्ठ २०८३, शुक्रबार

हङकङ र ग्वाङडोङबीच निर्माण मापदण्ड एकरूपता ल्याउन सहमति, चीनको निर्माण उद्योगको विश्वव्यापी प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य

हङकङ । दक्षिण चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) र ग्वाङडोङ प्रान्तले निर्माण मापदण्डहरू एकरूप बनाउन संयुक्त रूपमा कार्य गर्ने भएका छन्। हङकङ सरकारले मङ्गलबार यो जानकारी दिएको हो।

हङकङ सरकार र ग्वाङडोङ प्रान्तीय सरकारबीच भएको एक सम्झौताअनुसार दुवै पक्षले एक कार्यदल र एक प्राविधिक समिति गठन गर्नेछन्। साथै, परामर्शका लागि विज्ञ समितिहरू पनि गठन गरिनेछ।

हङकङ सरकारकी विकास सचिव बर्नाडेट लिनले अन्तर्राष्ट्रिय मापदण्डहरूसँग हङकङको अनुकूलताको लाभ उठाउँदै यो कदमले चीनको निर्माण उद्योगको विश्वव्यापी प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न मद्दत पुर्याउने बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button