१ असार २०८३, सोमबार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक जेठ २१ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए।

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशनअनुसार अनुरोध गरिएको छ। बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button