बेइजिङ विशेषज्ञद्वारा डिंगरीका बिरामीको निःशुल्क उपचार

डिंगरी : तिब्बत स्वायत्त क्षेत्रको डिंगरी जिल्ला अन्तर्गत ब्याफो गाउँमा खटिएको कार्यदलले जिल्लाकै केन्द्रीय अस्पतालमा बेइजिङबाट स्पाइन रोगका विशेषज्ञ झिकाई स्थानीय बासिन्दाको उपचार गरेको छ। गत मे २४ मा बेइजिङको प्रख्यात ‘ताहाइ स्पाइन सेभिङ’ टोली करिब तीन हजार किलोमिटर पार गर्दै डिंगरी आइपुगेको थियो। उच्च क्षेत्रीय असहजता वेवास्ता गर्दै उनीहरूले तुरुन्तै उपचारमा हात हालेका थिए।


यसअघि गाउँ खटिएको कार्यदलले स्थानीय स्वास्थ्य निकायसँगको समन्वयमा जिल्लाभर स्पाइन सम्बन्धी समस्या भएका बिरामीको पहिचान गरेको थियो। सुरुवाती चेकजाँचमा झण्डै ११० जनामा समस्या देखिएकोमा ४५ वर्षमुनिका ५० जना रहेको तथ्याङ्क कार्यदलले संकलन गरेको थियो।
बेइजिङका विशेषज्ञले आइपुगेपछि रिपोर्टको गहिरो अध्ययन गरी स्थानीय डाक्टरसँग मिलेर प्रत्येक बिरामीको एकर एकर उपचार गरे। साथै उचाल क्षेत्रमा देखिने स्पाइन रोगबारे सचेतनामूलक जानकारी दिइएको छ। विशेष गरी ७ जना गम्भीर बिरामीको शल्यक्रियाको योजना बनाइएको छ।
यसैगरी यस अभियानमा सन् २०२४ मा निःशुल्क शल्यक्रियाका लागि बेइजिङ लैजानुपर्ने ९ जनाको पुनरवलोकन गरिएको छ। उनीहरूको अवस्था सुधारोन्मुख रहेको र उपचार सम्भव रहेको निष्कर्ष निकालिएको छ।
गाउँ खटिएको टोली प्रमुखले जनस्वास्थ्यका दृष्टिकोणले यस किसिमको अभियान निरन्तर रहने बताए। जिल्लाबाट बाहिर नगइकनै राष्ट्रियस्तरको सेवा पाउँदा बिरामीमा आत्मविश्वास बढेको उल्लेख गर्दै उनले स्थानीयको चाहना र समस्याप्रति संवेदनशील रही समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।





