२१ जेष्ठ २०८३, बिहीबार

निङ्छी र हङकङबीच ‘दूरउपचार’बाट बालिकाको ज्यान बचाइयो

निङ्छी, : तिब्बतको निङ्छी र हङकङबीच हजारौं किलोमिटरको दूरी पार गर्दै ‘टेलिमेडिसिन’ प्रविधिको प्रयोग गरी एक गम्भीर बिरामी बालिकाको उद्धार गरिएको छ। यो सफलता निङ्छीमै बाल चेस्ट सर्जरीको सुरुवात समेत सावित भएको छ।

गत मार्च १९ मा एक तिब्बती बालिका निङ्छी जनअस्पतालमा उपचारका लागि आइन्। अचानक उनको फोक्सोमा अल्सर भई पिप जम्मा भएको गम्भीर समस्या देखियो। स्थानीय चिकित्सकका लागि यो निकै चुनौतीपूर्ण थियो।

यसैबीच हङकङस्थित महिला तथा बाल अस्पतालको टोलीले तत्काल उपचारको जिम्मा लियो। दुवै स्थानका विज्ञ चिकित्सकले बहुविध अनलाइन परामर्श गरी समयमै शल्यक्रियाको योजना बनाए। हङकङबाट दुई विज्ञलाई निङ्छी पठाइयो।

अप्रिल १ मा विज्ञ टोली प्लेन चढेर निङ्छी आइपुगे र बिना ढिलाइ बालिकाको उपचार थाले। बच्चाको उमेर र अत्यधिक पिप जमेको जटिलताका बाबजुद दुई टोलीले योजनाबद्ध सहयोग गर्दा सफल शल्यक्रिया भयो।

नयाँ ज्यान पाएकी बालिका अस्पतालबाट डिस्चार्ज हुनुअघि नै खुसीले नाच्न थालेकी थिइन्। यसअघि यस्तो गम्भीर अवस्थामा बालिकालाई ल्हासा वा चेन्दु सार्नुपथ्र्यो। अहिले दूरउपचार सेवाले निङ्छीको स्वास्थ्य संरचना, प्रविधि र जनशक्ति सबैमा उन्नति भएको देखाएको छ। हिमाली भूभागमा यसले जीवनरक्षाको बलियो आधार तयार पारेको चिकित्सकहरू बताउँछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button