२१ जेष्ठ २०८३, बिहीबार

प्रधानमन्त्रीलाई ओलीको ‘देशद्रोही’ आरोप, ‘भारतको एक इन्च जमिन नेपालले मिचेको छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाहलाई देशद्रोहीको आरोप लगाएका छन्। राजधानीमा पार्टी केन्द्रीय विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालामा ओलीले प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाट देशद्रोही कुरा गरेको बताए।

‘उहाँले देशद्रोही कुरा गर्नुभयो। नेपालले भारतको धेरै ठाउँमा सिमाना मिचेको छ भनेर,’ ओलीले भने, ‘भारतको एक इन्च जमिन नेपालले मिचेको छैन।’

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा पहिलो पटक सम्बोधन गर्दै भारतले नेपालको भूमि मात्र नभई नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ भने प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button