महोत्तरीमा गोली चलाएर लुटपाट, प्रतिवाद गर्दा श्रीमान–श्रीमती घाइते

महोत्तरी । जिल्लाको सोनमा गाउँपालिका–३ खखाना दक्षिणबारी टोलमा गएराति चोरी गर्न आएको पाँच–छ जनाको समूहले प्रतिवाद गर्दा गोली चलाउँदा एक दम्पती घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार गोली लागेर २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादव घाइते भएका छन्। दुवैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरधाम ल्याइएको छ।
प्रहरीले घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरेको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।





