२१ जेष्ठ २०८३, बिहीबार

दक्षिण दिल्लीको होटलमा आगलागी, १८ जनाको मृत्यु, ३७ घाइते

नयाँदिल्ली । भारतको दक्षिण दिल्लीस्थित मालवीय नगरको एक होटलमा बुधबार भएको आगलागीमा परेर १८ जनाको मृत्यु भएको छ। दिल्ली प्रहरीलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले जनाएअनुसार त्यहाँस्थित ‘लेमन ग्रीन रेस्टुरेन्ट’ मा उक्त आगलागी भएको थियो।

आगलागीमा परेर ३७ जना घाइते भएका छन्। उनीहरूलाई घटनास्थलबाट उद्धार गरी तत्काल विभिन्न अस्पतालमा पठाइएको जनाइएको छ। स्रोतहरूका अनुसार उक्त होटलमा अफ्रिकी मुलुकहरूका केही नागरिकहरू पनि बसिरहेका थिए। आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत प्रदान गरिने घोषणा गरेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button