२१ जेष्ठ २०८३, बिहीबार

लुम्बिनी सरकारमा पाँच नयाँ अनुहार, कार्यविभाजन सच्चियो

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयगत जिम्मेवारी तोकेका छन्। संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष पुनर्गठनको सिफारिस गरिएको हो।

पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना गरी पाँच नयाँ मन्त्री समावेश गरिएका छन्।

मुख्यमन्त्री आचार्यले एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्रालयमा, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्रालयमा र डिल्लीराज भुसाल उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा नियुक्त भएका छन्।

यसैगरी, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उक्त मन्त्रालयको जिम्मेवारी यसअघि जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए भने अग्रवालको स्थानमा अहिरलाई नयाँ जिम्मेवारी दिइएको हो।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गते सोमबारका लागि तय भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button