३ असार २०८३, बुधबार

पहिरोको चपेटामा कर्णाली करिडोर, भ्याकुलेटरले पाइयो सहजता

कर्णाली करिडोरको दक्षिणी भागमा पहिरो नियन्त्रणका लागि सडक विभागले दुईवटा भ्याकुलेटर मेसिन उपलब्ध गराएको छ। कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक स्तरोन्नतिको क्रममा रहेकामा सो मेसिन बाजुराको कोल्टीमा रहेको आयोजनालाई हस्तान्तरण गरिएको हो।

उक्त कच्ची सडकखण्डमा सुख्खा तथा ओस्रो पहिरो बारम्बार खस्दा यातायात अवरुद्ध हुने समस्या थियो। यसअघि मेसिन अभावमा पहिरो पन्छाउन धेरै समय लाग्ने गरेको थियो। अहिले भ्याकुलेटर मेसिन प्राप्त भएपछि सडक सञ्चालनमा सहजता आएको आयोजना प्रमुख विशुनदास लामाले जानकारी दिए।

प्राप्त दुई मेसिनमध्ये एक खुलालु-पिलुचौर सडकखण्डमा र अर्को पिलुचौरदेखि हुम्लाको सलीसल्लासम्म प्रयोग गरिनेछ। विशेषगरी हुम्लाको सर्केगार्ड गाउँपालिका-१ खच्चा क्षेत्रमा दैनिकजसो सुख्खा पहिरो खसेर चार/पाँच घण्टा सडक बन्द हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ।

यसैगरी, हुम्लाकी सांसद जयपति रोकायाले सडक विभागको यो कदमले कालीकोट, बाजुरा, मुगु र हुम्लाका यात्रु तथा सवारीसाधनलाई ठूलो राहत पुग्ने बताइन्। सडक स्तरोन्नति गर्ने निर्माण कम्पनीको जिम्मेवारीमा पहिरो पन्छाउने काम नभएको अवस्थामा विभागले मेसिन उपलब्ध गराएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button