२२ जेष्ठ २०८३, शुक्रबार

‘चेन अफ कमाण्ड’ उल्लङ्घनको आरोपमा सचिव पुष्कर पक्राउ, सोधपुछपछि रिहा

प्रहरीले नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको तथा व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीलाई सिधै सन्देश पठाएको आरोपमा नियन्त्रणमा लिई सोधपुछ गरेको छ।

प्रहरी स्रोतका अनुसार सचिव पुष्करलाई कपनस्थित निवासबाट नियन्त्रणमा लिई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।

सोधपुछका क्रममा पुष्करमाथि आपराधिक मुद्दा चलाउनुपर्ने पर्याप्त आधार नफेला परेपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

पुष्कर नेपाल सरकारका वरिष्ठ सचिवमध्ये एक हुन्। ९ मंसिर २०८२ मा तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले अवकाश पाएपछि उनी पनि मुख्यसचिव पदका प्रमुख दाबेदारमध्ये रहेका थिए। तर सरकारले उक्त पदमा सुमनराज अर्याललाई नियुक्त गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button