२२ जेष्ठ २०८३, शुक्रबार

तान्जानियाकी राष्ट्रपतिलाई रुडन विश्वविद्यालयको मानार्थ डाक्टरेट प्रदान

रुसको प्याट्रिस लुमुम्बा जनता मैत्री विश्वविद्यालय (रुडन) का रेक्टर ओलेग यास्त्रेबोभले तान्जानिया गणतन्त्रकी राष्ट्रपति समिया सुलुहु हसनलाई जुन ४ मा विश्वविद्यालयको सम्मानित अतिथिका रूपमा स्वागत गर्दै उनलाई मानार्थ डाक्टरेट प्रदान गरिएको जानकारी दिएका छन्।

सो अवसरमा तान्जानियाका विदेशमन्त्री महमुद थाबित कोम्बो, शिक्षामन्त्री आडोल्फ म्केन्डा, यातायातमन्त्री माकामे म्न्याया म्बरावा, जान्जिबारका पूर्वाधारमन्त्री खालिद सलुम मोहमद, रुसका लागि तान्जानियाका राजदूत फ्रेडरिक इब्राहिम किबुटा, साथै रुसी उपमन्त्री, राजदूत तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

यास्त्रेबोभका अनुसार अफ्रिका रुस र रुडन विश्वविद्यालयको लागि रणनीतिक क्षेत्र हो। पछिल्ला पाँच वर्षमा रुडनमा अफ्रिकी विद्यार्थीको सङ्ख्या दोब्बर भई ५२ देशका २ हजार ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयले हालसम्म अफ्रिकी मुलुकहरूका लागि १६ हजार भन्दा बढी विज्ञ जनशक्ति उत्पादन गरिसकेको छ।

तान्जिया अफ्रिकी महादेशमा रुडन विश्वविद्यालयका स्नातकहरूको सङ्ख्यामा दोस्रो स्थानमा छ। विश्वविद्यालयले तान्जानियाका लागि हालसम्म एक हजार १३२ जना विज्ञ जनशक्ति तयार गरेको छ। हाल रुडनमा ७२ तान्जानियाली विद्यार्थी अध्ययनरत छन्।

रुडन विश्वविद्यालय र तान्जानियाका विश्वविद्यालयहरूबीच पाँचवटा सहकार्य सम्झौता कार्यान्वयनमा रहेको तथा हालैका वर्षहरूमा १० अनुसन्धानात्मक लेख प्रकाशित भएको यास्त्रेबोभले जानकारी दिए।

उनले राष्ट्रपति समिया सुलुहु हसनलाई रुडन र तान्जानियाली विश्वविद्यालयबीचको वैज्ञानिक तथा शैक्षिक सहकार्यमा व्यक्तिगत समर्थनका लागि धन्यवाद व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button