२२ जेष्ठ २०८३, शुक्रबार

युरोपेली कम्पनीको चीनमा विस्तार नै ‘डि-रिस्किङ’ को खण्डन : चीन

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बढीभन्दा बढी युरोपेली कम्पनीहरूले चीनमा आफ्नो उपस्थिति गहिरो बनाउने र व्यापार विस्तार गर्ने तथ्य आफैंमा तथाकथित ‘जोखिम न्यूनीकरण (डि-रिस्किङ)’ को परम्पराको सबैभन्दा शक्तिशाली प्रत्युत्तर भएको बताएकी छन्।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओले चीन र युरोपबीचको व्यापार सहकार्य साझा हितमा निर्मित रहेको बताइन्। उनले भनिन्, यो अनिवार्य रूपमा तुलनात्मक लाभ र बजार प्रतिस्पर्धामा सहभागिताको परिणाम हो। पूरकता जोखिम होइन, र हितको अभिसरण खतरा होइन।

पछिल्लो पाँच दशकमा चीन र युरोपबीचको वार्षिक व्यापार मात्रा ३०० गुणा भन्दा बढीले वृद्धि भएको र दुईतर्फी लगानी करिब २६० अर्ब अमेरिकी डलर पुगेको उनले जानकारी दिइन्। यो तथ्याङ्क चीन–युरोप सहकार्यको बलियो गति र आशाजनक सम्भावनाको प्रबल प्रमाण भएको उनको भनाइ छ।

व्यापार संरक्षणवाद अर्थशास्त्रको नियमविपरीत रहेको र यसले कसैको हित गर्दैन भन्दै उनले युरोपियन पक्षले चीन–युरोप व्यापार सम्बन्धलाई वस्तुपरक र तर्कसंगत रूपमा हेर्ने र समस्या समाधान गर्दै सहकार्यको अंक बढाई दुवै पक्षलाई फाइदा हुने परिणामका लागि चीनसँग मिलेर काम गर्ने आशा व्यक्त गरिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button