२२ जेष्ठ २०८३, शुक्रबार

अर्को संयुक्त राष्ट्र महासचिवको उम्मेदवार बासेलेटसँग चिनियाँ मन्त्री वाङ्गको भेटवार्ता

चिनियाँ विदेशमन्त्री तथा कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य वाङ्ग यीले बिहीबार बेइजिङमा अर्काे संयुक्त राष्ट्र संघको महासचिवका उम्मेदवार तथा पूर्व चिलीकी राष्ट्रपति मिसेल बासेलेटसँग भेटवार्ता गरेका छन्।

सो अवसरमा वाङ्गले चीन अर्को संयुक्त राष्ट्र महासचिवको चयन प्रक्रियामा जिम्मेवार र रचनात्मक ढङ्गले सहभागी हुने र संयुक्त राष्ट्रको अधिकार तथा जीवन्तता पुनर्स्थापित गर्न तथा नयाँ परिस्थिति र चुनौतीहरूसँग तालमेल बढाउन सहयोग पुर्याउने बताए।

बासेलेटले संयुक्त राष्ट्र विश्वव्यापी चुनौतीहरूको सामूहिक प्रतिक्रियाका लागि अपरिहार्य मञ्च रहेको औँल्याउँदै उनले चार्टरको अधिकार कायम राख्न, कार्यउन्मुख रहन र शान्ति, विकास तथा मानवअधिकारका स्तम्भहरूलाई समन्वयात्मक रूपमा अगाडि बढाउनुपर्ने बताइन्।

एक चीन सिद्धान्तप्रति आफ्नो दृढ प्रतिबद्धता रहेको उल्लेख गर्दै बासेलेटले बहुपक्षीयता र संयुक्त राष्ट्रको क्षेत्रमा चीनको लामो समयदेखिको प्रयासको प्रशंसा गरिन्। उनले संयुक्त राष्ट्रको स्थिति र भूमिका संयुक्त रूपमा अभिवृद्धि गर्न चीन र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको बताइन्।

वाङ्गले चीन सधैं संयुक्त राष्ट्रको बलियो समर्थक र सक्रिय निर्माता रहेको भन्दै चीन सबै पक्षहरूसँग मिलेर संयुक्त राष्ट्रको संरक्षण, पुनरुत्थान र सुदृढीकरण गर्न तयार रहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button