गुल्मीमा विद्युतीय कार दुर्घटना, सांसद वैद्यिकले चलाएको गाडी ढिस्कोमा अड्कियो

गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीस्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा शुक्रबार साँझ विद्युतीय कार दुर्घटनामा परेको छ। बागलुङबाट तम्घासतर्फ आउँदै गरेको बा.प्र. ०१–०२९ च ७३४३ नम्बरको कार साँझ करिब ५ः४० बजे आफैं अनियन्त्रित भई सडकको ढिस्कोमा अड्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कार प्यूठान नगरपालिका–१ खैराका ३१ वर्षीय सांसद सुशान्त वैद्यिकले चलाएका थिए। गाडीमा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सागर ढकालसहित तीन जना सवार रहेका थिए।
दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक बिरेन्द्र वीर विश्वकर्माले बताए। दुर्घटनापछि सवारी साधन निकालेर तम्घासतर्फ ल्याइएको छ।





