७ असार २०८३, आईतवार

“आठ वि.वि.का उपकुलपति चयन : सर्टलिस्ट सार्वजनिक”

काठमाडौँ — विभिन्न आठ वटा विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ। शुक्रबार बसेको छनोट तथा सिफारिस समितिको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति पदका लागि सर्टलिस्ट सार्वजनिक गरेको हो।

यो पहिलो पटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अन्तर्गत एकीकृत प्रक्रियामार्फत नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

सर्टलिस्टअनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १०÷१० जना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना गरी कूल ६७ उम्मेदवार सर्टलिस्टमा परेका छन्।

प्राप्त जानकारीअनुसार उपकुलपति पदका लागि कूल २ सय १८ आवेदन परेको थियो। विज्ञले दिएको मूल्याङ्कन नम्बरका आधारमा सर्टलिस्ट सार्वजनिक गरिएको हो। सर्टलिस्टमा परेकाहरूबारे जेठ २५ गतेभित्र राय सुझाव दिन सकिने र त्यसपछि प्राप्त सुझाव तथा मूल्याङ्कनका आधारमा अन्तिम सिफारिस अघि बढाइने सूचनामा उल्लेख छ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा उपकुलपति सिफारिस समिति गठन गरेका थिए। समितिले छनोट प्रक्रिया तोकिएको म्यादभित्र टुङ्ग्याउने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button