७ असार २०८३, आईतवार

पुटिन–हान जेङ भेट : ‘चिनियाँ साथी’लाई शुभकामना र व्यापारिक सहकार्यको समीक्षा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका उपराष्ट्रपति हान जेङबीच सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चकै क्रममा भेटवार्ता भएको छ। सो मञ्चको पूर्ण बैठकमा सहभागितापछि पुटिनले हान जेङलाई स्वागत गर्दै चीनले उपराष्ट्रपति स्तरमा प्रतिनिधित्व गरेकोमा धन्यवाद व्यक्त गरे।

रुसी राष्ट्रपतिले भने, “यसले मञ्चलाई विश्वव्यापी महत्व प्रदान गरेको छ। कृपया, मेरा मित्र तथा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई मेरो शुभकामना सन्देश पुर्याइदिनुहोला।”

उनले चीन र रुसबीचको सम्बन्ध सबैभन्दा उच्च विन्दुमा रहेको र ठोस गतिशीलता प्राप्त गरेको बताए। व्यापार तथा आर्थिक सहकार्य निरन्तर माथिल्लो दिशामा अघि बढेको पुटिनले उल्लेख गरे। उनका अनुसार व्यापार वृद्धिदर १० प्रतिशत रहेको छ र यो सकारात्मक नतिजा हो।

दुई देशबीचको सहकार्यमा ऊर्जा, उत्पादन, कृषि, यातायात, लजिस्टिक्स, नवप्रवर्धन, नागरिक आणविक कार्यक्रम, अन्तरिक्ष अनुसन्धान तथा कृत्रिम बौद्धिकता (एआई) लगायत विभिन्न क्षेत्रमा संयुक्त परियोजनाहरू रहेको पुटिनले जानकारी दिए। चीनको एआई क्षेत्रमा भएको प्रगतिको प्रशंसा समेत गरे।

उक्त भेटमा सन् २०२६ र २०२७ लाई ‘रुस–चीन शैक्षिक सहकार्य वर्ष’को रूपमा मनाउने विषयमा पनि चर्चा भयो। यसले मानवीय सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान दिने दुई नेताको विश्वास थियो।

यसैबीच, रुस र चीनबीचको मित्रता तथा सहकार्यको आधारभूत सन्धि(सन् २००० जुलाई १६ मा हस्ताक्षर भएको) लाई २५ वर्ष पूरा भएको अवसर पनि यसै वर्ष रहेको पुटिनले स्मरण गराए। भेटवार्ताले रुस–चीन सम्बन्धमा थप सुदृढीकरणको सन्देश प्रवाह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button