७ असार २०८३, आईतवार

‘गैरकूटनीतिक’ च्यानलबाट जेलेन्स्कीको पत्र पठाउने खुलासा ? लभरोभले भने– ‘यो बकवास’

रुसी विदेशमन्त्री सर्गेई लभरोभले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले एउटा खुला पत्र प्रकाशित गरेको र त्यसलाई गैरकूटनीतिक माध्यमबाट पुर्याउने बताएको विषयलाई ‘बकवास’ भनेर खारेज गरेका छन् । सेन्ट पिटर्सबर्गमा जुन ५, २०२६ मा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा लभरोभले यस्तो धारणा राखेका हुन् ।

प्रश्न के थियो भने, जेलेन्स्कीले ती पत्रका लागि कूटनीतिक बाहेक अरू केही च्यानल (माध्यम) उल्लेख गरेको बताएपछि – ती कुन च्यानल हुन् ? लभरोभको जवाफ थियो, “यो बकवास हो । जसरी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका थिए । त्यो पनि केही भन्नको लागि मात्र भनिएको थियो, अनि हेर्ने त्यसलाई कसरी लिइन्छ ।”

अर्को प्रश्नमा ‘के कूटनीतिक माध्यमबाट केही आएको छैन त ?’ भन्ने सोधिएको थियो । यसको जवाफमा लभरोभले भने, “होइन, कम्तीमा अहिलेसम्म त आएको छैन ।”

लभरोभको यो अभिव्यक्तिले रुस–युक्रेनबीचको कूटनीतिक सम्पर्क अहिले पनि उत्तिकै संकटग्रस्त रहेको संकेत गरेको छ । पत्र वा सन्देश आदानप्रदानका लागि समेत कूटनीतिक मार्ग प्रयोग नभएको अवस्थामा द्विपक्षीय वार्ताको सम्भावना टाढाको विषय बनेको देखिन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button