७ असार २०८३, आईतवार

कोलम्बियाको कोइला खानीमा विष्फोट, सात खानी मजदुरको मृत्यु

बोगोटा । कोलम्बियाको मध्य कन्डिनामार्का विभागस्थित एक कोइला खानीमा भएको विष्फोटमा परी सात जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार दिउँसो सुटाटाउसा नगरपालिकाको खानीमा उक्त विस्फोट भएको थियो। प्रारम्भिक जानकारीअनुसार भूमिगत रूपमा ग्यास जम्मा भएर विष्फोट भएको थियो।

दुर्घटनालगत्तै उद्धार टोली घटनास्थलमा पठाइएको थियो। कन्डिनामार्काका गभर्नर होर्हे एमिलियो रे एन्जेलले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै मृत्यु भएका खानी मजदुरको नाम सार्वजनिक गरेका छन्।

उनले कोलम्बियाको राष्ट्रिय खानी एजेन्सीले दुर्घटनाको यकिन कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गर्ने बताए। मध्य कोलम्बियामा खानी दुर्घटना असामान्य नभएको र कतिपय खानीहरूले सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना नगर्ने गरेको बताइन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button