प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिविरुद्ध शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीले उक्त अभिव्यक्ति तथ्यहीन र गैरजिम्मेवार भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले ‘सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन’, ‘नेपाली माटोको रक्षा गर’ लगायतका प्लेकार्ड बोकेका थिए।
प्रधानमन्त्री शाहको सो अभिव्यक्तिपछि चौतर्फी विरोध भइरहेको छ।





