६ असार २०८३, शनिबार

रास्वपाको वडा र पालिका अधिवेशन तीव्र, आजदेखि जिल्ला अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाले संगठन विस्तार र आन्तरिक निर्वाचन प्रक्रियालाई तीव्र बनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म चार हजार दुई सय ४६ वडामा अधिवेशन सम्पन्न भएका छन्।

आयोगका अनुसार देशभरका ५१२ स्थानीय तहमा पालिका अधिवेशन पनि सम्पन्न भइसकेको छ। थप चार नगरपालिका र चार वडामा समिति अद्यावधिक गरिएको छ।

रास्वपाको जिल्ला अधिवेशन आज र भोलि हुँदैछ। जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

केसीका अनुसार पार्टीको प्रदेश अधिवेशन यही जेठ २६ गतेदेखि सुरु हुँदैछ। प्रदेश अधिवेशन सञ्चालनका लागि सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएको छ। ती समितिहरूले आवश्यक तयारीसहित काम सुरु गरिसकेको आयोगले जनाएको छ।

रास्वपाले वडा, पालिका, जिल्ला र प्रदेश तहको अधिवेशनमार्फत संगठनलाई संस्थागत र संरचनागत रूपमा मजबुत बनाउने प्रक्रिया अघि बढाएको हो। पार्टीले आन्तरिक लोकतन्त्र, नेतृत्व चयन र संगठन अद्यावधिकलाई प्राथमिकतामा राखेको जनाएको छ।

लगातार भइरहेका अधिवेशनलाई रास्वपाको स्थानीय तहदेखि प्रदेश तहसम्मको संगठन निर्माण अभियानका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button