२४ जेष्ठ २०८३, आईतवार

शनिबार एकै दिन उपत्यकामा २२ सय ५६ सवारी चालक कारबाहीमा, साढे चार लाख राजस्व संकलन

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार बिदाको दिन २ हजार २५६ जना सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ। यसबाट राज्यकोषमा ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १५१ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १११ जना, संकेत बत्ती उल्लङ्घन गर्ने १४२ जना र तीव्र गतिमा सवारी साधन चलाउने २३० जना रहेका छन्।

यसैगरी, लेन अनुशासन पालना नगर्ने ३३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १९३ जना, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ११८ जना र अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार १६१ जनालाई कारबाही गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button