६ असार २०८३, शनिबार

सय बुँदे कार्यसूचीकै कारण पत्रकार भेट्न नभ्याएको बताउँदै मन्त्री मेहताको माफी

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शासकीय सुधारको सय बुँदे कार्यसूचीमा व्यस्त हुँदा पत्रकार भेटघाट गर्न नभ्याएको बताएकी छन्। आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनबमोजिम उक्त कार्यसूची सम्पन्न गर्नेतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहेको जानकारी दिइन्।

मन्त्रालयमा धेरै सुधारका काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मेहताले अब प्रत्येक १५ दिनमा सञ्चारकर्मीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, “हाम्रो आफ्नै कार्यव्यस्तता थियो। किनकि हाम्रो मुख्य लक्ष्य नै सय बुँदे कार्यसूची थियो। यसलाई कसरी पूरा गर्ने ? हामीलाई माथिबाटै सम्माननीय प्रधानमन्त्रीको मुख्य निर्देशन शासकीय सुधारको सय बुँदे कार्यसूची थियो। त्यसलाई कसरी पूरा गर्ने भनेर सबैको ध्यान त्यतातिर केन्द्रित भयो।”

मन्त्री मेहताले समय–समयमा प्रेस एड्भाइजरी राख्नुपर्ने भए पनि यसतर्फ ध्यान नपुगेको स्वीकार्दै त्यसका लागि क्षमाप्रार्थी रहेको बताइन्। यसैगरी, उनले मन्त्रालयमा आउने गुनासाहरू सम्बोधन गर्दै जाने प्रतिबद्धता पनि जनाइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button