६ असार २०८३, शनिबार

सीमा विवादमा बेलायती मध्यस्थता नखोजेको परराष्ट्रमन्त्री खनालको स्पष्टोक्ति

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवादमा बेलायतको मध्यस्थता नखोजिएको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा समस्या समाधानका लागि ‘इङ्गल्याण्ड सरकार’ सँग पनि छलफल भइरहेको टिप्पणी गरेको पृष्ठभूमिमा नयाँ दिल्लीबाट उनको यो प्रतिक्रिया आएको हो।

नेपाल र भारतको सीमा विवादमा बेलायतको मध्यस्थता खोजेको नभई दस्तावेजमा पहुँचको कुरा गरेको खनालले बताए। उनले भने, “हामीलाई ऐतिहासिक प्रमाणहरू आवश्यक पर्छन्। हामी युकेका पुस्तकालय वा सङ्ग्रहालयहरूमा हुनसक्ने केही दस्तावेजमा हाम्रो पहुँच हुन सक्छ कि भनेर हेर्न मात्र चाहन्थ्यौं। यसको अर्थ हामीले मध्यस्थता मागेका हौं भन्ने होइन।”

भारतीय विदेश मन्त्रालयले यसअघि नै नेपाल–भारत सीमा समस्या अधिकांश समाधान भइसकेको जनाउँदै तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको थियो। मन्त्री खनालको यो अभिव्यक्तिले सीमा विवादमा नेपालको आधिकारिक धारणा स्पष्ट पार्दै बाह्य मध्यस्थताको कुनै योजना नरहेको संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button