२४ जेष्ठ २०८३, आईतवार

सरकारले हटाउन खोजेको दुई दिने सार्वजनिक बिदा, मन्त्रिपरिषदको निर्णयले टुङ्गो लगाउने

सरकारले हाल लागू रहेको हप्ताको दुई दिने सार्वजनिक बिदा व्यवस्था हटाउने तयारी गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार दुई दिने बिदा अपेक्षाअनुसार प्रभावकारी नभएको निष्कर्षसहित पुनरावलोकनको तयारी गरिएको हो। अब बस्ने मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय गरेपछि शनिबार र आइतबार दिइँदै आएको दुई दिने बिदा व्यवस्था अन्त्य हुन सक्नेछ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत २२ गते पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयपछि सरकारी कार्यालय, विद्यालय तथा विभिन्न सार्वजनिक निकायमा शनिबार र आइतबार बिदा दिँदै आएको थियो।

तर कार्यान्वयनको केही महिनामै दुई दिने बिदा अपेक्षाअनुसार प्रभावकारी नभएको तथा व्यावहारिक कठिनाइ सिर्जना गरेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो। सेवा प्रवाह, प्रशासनिक कामकाज तथा आर्थिक गतिविधिमा समेत असर परेको गुनासो सार्वजनिक भएका थिए। अब सरकारले पुरानै व्यवस्था अनुसार सातामा एक दिन मात्र सार्वजनिक बिदा कायम गर्ने तयारी गरेको बताइएको छ। यद्यपि अन्तिम निर्णय भने मन्त्रिपरिषद बैठकबाट हुने जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button