२४ जेष्ठ २०८३, आईतवार

प्रतिपक्षले विरोध मात्र होइन, राम्रो काममा सहयोग गर्नुपर्छ : सुधन गुरुङ

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्षी दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। उनले राम्रो काममा प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने धारणा राखे।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउन सबै मिलेर अघि बढ्नुपर्ने र रास्वपा देश निर्माणका लागि आएको पार्टी भएको उल्लेख गरे। उनले भने, “राम्रो कुरालाई सबै दलले साथ दिनुपर्छ। विरोधका लागि विरोध गरेर मात्र हुँदैन।”

गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसदसमेत रहेका उनले निर्वाचनमा गरेको वाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “मैले गरेको वाचा पहिला थियो, अहिले पनि छ, भोलि पनि रहिरहनेछ। गोरखाले मलाई जिताएको तस्वीर खिच्नका लागि होइन, काम गर्नका लागि भन्ने मैले बुझेको छु।”

उनले निर्वाचन क्षेत्रका जनताको समस्या समाधानका लागि छिट्टै सचिवालय स्थापना गरी काम गर्ने बताए। जिल्लामा बजेट नपरेको गुनासो आफूले पटकपटक पाएको भन्दै उनले आफ्नो थाल कति छ भनेर हेर्दा अरूको थालको घट्यो वा बढ्यो भनेर पनि हेर्नुपर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button