२५ जेष्ठ २०८३, सोमबार

ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरीले थप तीन जनालाई पक्राउ गर्याे, अनुसन्धान जारी

काठमाडौँ — ईश्वरी भुजेल हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका–६ पैँयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको घटनासँग जोडिएर प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ की २५ वर्षीया प्रतीक्षा आचार्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। उक्त घटनामा संलग्न रहेको भन्ने किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

हत्या आरोपमा ईश्वरीका श्रीमान् कुमार थापालाई प्रहरीले शुक्रबार राति नै पक्राउ गरिसकेको छ। प्रहरीले पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। घरायसी विवादमा श्रीमान्को धारिलो हतियारको आक्रमणबाट घाइते भएकी ईश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको थियो। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button